
त्रिशूली ३ ‘ए’ को सुरुङमा एकजनाको शव भेटियो

काठमाडौं । त्रिशूली ३ ‘ए’ को सुरुङभित्र एकजना मृत अवस्थामा भेटिएका छन् । उद्धार टोलीले केही बेरअघि एकजनाको शव बाहिर निकालेको हाे ।
सुरुङबाट एक शव निकालिएकाे प्रहरीले जनाएकाे छ । ती व्यक्तिको पहिचान भने हुन बाँकी छ । यसअघि आज बिहान यहाँबाट दुई जनाको जीवितै उद्धार गरिएको थियो । अहिले उद्धार कार्य जारी नै छ ।

