
हिमालय बाेर्डिङ स्कुलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख सहयाेग

काठमाडौं । हिमालय बाेर्डिङ स्कुलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख सहयाेग गरेकाे छ । वूढानीलकण्ठ-३ मा रहेकाे विद्यालयले प्याप्सन मार्फत उक्त रकम सहयाेग गरेकाे हाे ।
विपद्को यस घडीमा पीडितहरूको सहयोगार्थ प्याब्सन केन्द्र तथा काठमाडौं प्याब्सनको पहलमा हिमलय बाेर्डिङ स्कुल परिवार पनि यस दुःखद परिस्थितिमा सहभागी हुन विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरू, अध्ययनरत विद्यार्थीहरू, अभिभावक , रोबर्ट ह्यन्सेन तथा विद्यालयको संयुक्त योगदानबाट जम्मा रु. २,००,०००/- (अक्षरेपी रु. दुई लाख मात्र)संकलन गरिएको जनाएकाे छ।
‘रसुवा जिल्लाको भोटेकोशी नदीमा भदाै १० गते आएको बिनासकारी बाढीबाट ज्यान गुमाएका सम्पूर्ण दिवंगत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। यस प्राकृतिक विपद्ले पीडा र शोकमा पार्नुभएका सम्पूर्ण परिवारजन तथा आफन्तहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ। आफ्ना परिवारका सदस्य, अभिभावक तथा प्रियजनहरूसहित हजारौँ व्यक्तिहरू हराइरहेको यस दुःखद घडीमा उहाँहरू सबैको शीघ्र तथा सकुशल उद्धार होस् भन्ने कामना गर्दछौँ।
उक्त रकम PABSON KATHMANDU WELFARE FUND मार्फत केन्द्रीय प्याब्सन ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिने छ,’ विद्यालयले भनेकाे छ ।

यस पुण्य तथा मानवीय कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा साथ, सहयोग र योगदान पुर्याउनुहुने सम्पूर्णमा पनि विद्यालयले आभार प्रकट गरेकाे छ । ‘हाम्रो यो सानो सहयोगले विपद बाट प्रभावित पीडित परिवारहरूको दुःखमा थाेरै भए पनि राहत पुग्न सकोस् भन्ने हार्दिक कामना गर्दछौँ। विपद्को यस कठिन समयमा हामी सबै एकताबद्ध भई सेवामा जुटाैं,’ विद्यालयले भनेकाे छ।

