
अब्बल अभिकर्ताहरुलाई सानिमा रिलायन्सले दियो थाइल्यान्ड ट्रिप



काठमाडौं । सानिमा रिलायन्स इन्स्योरेन्स कम्पनीले अब्बल व्यवसाय गर्न सफल अभिकर्ताहरुलाई विदेश भ्रमणको अवसर प्रदान गरेको छ । कम्पनीले राम्रो व्यवसाय गर्न सफल अभिकर्ताहरुलाई थाइल्यान्ड भ्रमणको अवसर प्रदान गरेको हो ।
शुक्रबार सानिमा रिलायन्स लाइफका अभिकर्ता समूह र कम्पनीका सीईओ शिवनाथ पाण्डे समेत त्रिभुवन अन्तराष्र्टिय विमानस्थल पुगेका थिए । कम्पनीले आधा दर्जन उत्कृष्ट बीमा अभिकर्ताहरुलाई थाइल्यान्ड भ्रमणको अवसर दिएको जनाएको छ।
पछिल्लो समय नेपाली बीमा अभिकर्ताहरुले राम्रो अव्यवसाय आर्जन गरेको र उत्कृष्ट कार्य क्षमता प्रस्तुत गरेकै कारण विभिन्न देशमा घुम्ने सुनौलो अवसर पाइरहेको अवस्था छ । यस्तो बेलामा सानिमा रिलायन्सका सीईओ पाण्डेले भ्रमणमा जान लागेका बीमा अभिकर्तालाई विदाई गरेको दृश्य सार्वजनिक भएको छ । अभिकर्ताहरु नै बीमा क्षेत्रको फ्रन्टलाइनमा बसेर काम गर्ने भएको उनीहरुले आर्जन गरेको सफलतामा बीमा कम्पनीहरुले पनि खुशी साटने परम्परा बढ्दो क्रममा रहेको छ ।

