
मनकारी प्रभु इन्स्योरेन्स रसुवा बाढीपीडितलाई २५ लाख दिने

काठमाडौँ । निर्जीवन बीमाक्षेत्रको एक सबल कम्पनी प्रभु इन्स्योरेन्स लिमिटेडले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
कम्पनीले यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायलाई सहयोग पुर्याउने उद्देश्यले उक्त रकम उपलब्ध गराएको जनाएको हो।

