
नेको इन्सुरेन्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दियो ३५ लाख

काठमाडौ । काठनेको इन्सुरेन्स लिमिटेडले विपदबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउनेउद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३५,००,००० (अक्षरेपी पैंतीस लाख रुपैयाँ) सहयोग गरेको छ ।
कम्पनीका तर्फबाट सञ्चालक समितिका सदस्य मणि देव भट्टराई तथा नायब प्रमुख कार्यकारी अधिकृत गणेश लम्सालले अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्रीलाई
उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन ।
देशमा आइपर्ने प्राकृतिक तथा अन्य विपद्बाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउनेउद्देश्यले कम्पनीले उक्त सहयोग प्रदान गरेको हो ।
नेको इन्सुरेन्स लिमिटेडले आगामी दिनहरूमा समेत सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रहँदै विपद्बाट प्रभावित समुदायको सहयोग तथा पुनःस्थापनाका विभिन्न कार्यमा आफ्नो योगदान निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

