
लुम्बिनी विकास बैंकको साढे १ लाख बढी संस्थापक सेयर बिक्रीमा

काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनी ठाकुर प्रसाद बराल र भेञ्चर ट्रेडिङ एण्ड इन्भेष्टमेन्टको नाममा रहेको १ लाख ५१ हजार ५८५ कित्ता सेयर बिक्रीमा राखेको हो ।
बैंकले ठाकुर प्रसाद बरालको नाममा रहेको ८ हजार कित्ता र भेञ्चर ट्रेडिङ एण्ड इन्भेष्टमेन्ट प्रा. लि. ले आफ्नो नाममा रहेको संस्थापक शेयरहरु १ लाख ४३ हजार ५८५ कित्ता सेयर बिक्रीमा राखेको जनाएको छ । उक्त सेयर बैंकका हाल विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको जनाइएको छ ।
इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशीत भएको ३५ दिन भित्र सो सम्बन्धी विवरण खुलाई आवेदन दिनु पर्ने छ । तोकिएको समयावधि भित्र विद्यमान संस्थापकहरुबाट सेयर खरीद गर्ने सम्बन्धमा जानकारी प्राप्त हुन नआएमा उक्त सेयर अन्य व्यक्ति तथा संस्थाहरुका लागि बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

