
सुनको मूल्य २४ सयले सस्तीयो, चाँदीको स्थिर रहँदा ताेलाको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेकाे छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आज सुन तोलाको २ हजार ४०० रुपैयाँले सस्तो भएको हो ।
चाँदी भने अघिल्लो दिनकै मूल्यमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको ३ लाख ९ हजार रुपैयाँ रहेको थियो ।
चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आज चाँदीको मूल्य अघिल्लो दिनकै ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ ।

