
भोटेकोसी बाढी प्रभावितका लागि चेम्बरको राहत सहयोग

नेपाल चेम्बर अफ कमर्सले गत भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि संकलन गरेको राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको सम्बन्धी समाचार प्रकाशनका लागि पठाइएको छ।
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष तथा विपद् व्यवस्थापन परिषद्का सभापति श्री दीपक कुमार मल्होत्राको नेतृत्वमा चेम्बर प्रतिनिधिहरूले नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र, सामाखुसी पुगेर राहत सामग्री हस्तान्तरण गर्नुभएको हो। युथ चेम्बरद्वारा संकलित राहत सामग्रीसमेत समावेश गरी जिल्ला प्रशासन कार्यालय, काठमाडौंमार्फत प्रभावित नागरिकसम्म पु¥याउने उद्देश्यले उक्त सामग्री हस्तान्तरण गरिएको हो।
विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकलाई सहयोग पु¥याउने उद्देश्यले चेम्बरले गरेको यस मानवीय पहललाई आमनागरिकसम्म जानकारी गराउन समाचारलाई यहाँको लोकप्रिय सञ्चारमाध्यममा प्राथमिकताका साथ प्रकाशन गरिदिनुहुन अनुरोध गर्दछौँ।
समाचार प्रकाशनमा आवश्यक सहयोगका लागि नेपाल चेम्बर अफ कमर्स सदैव आभारी रहनेछ।

