
निफ्राको लाभांश घोषणा, कति पाउँछन् सेयरधनीले बोनस ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले लाभांश घोषणा गरेको छ । बैंके गत आर्थिक वर्ष २०८२/८३ का लागि आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
निफ्रा सञ्चालक समितिको बैठकले बैंकको सञ्चित मुनाफामध्ये वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँको कुल ५.२६३२ प्रतिशतले हुन आउने १ अर्ब १३ करोड ६८ लाख ५१ हजार २०० रुपैयाँ बराबरको नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने निफ्राले जनाएको छ ।

