
सुनचाँदीको मूल्यमा उच्च गिरावट, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट देखिएको छ । आज सुनको मूल्य ९ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य १८५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ लाख ९ हजार रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुनको मूल्य तोलाको ३ लाख १८ हजार ५०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य १८५ रुपैयाँले घटेर ४ हजार ७८० रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदीको मूल्य तोलाको ४ हजार ९६५ रुपैयाँ रहेको थियो ।

