
कुमारी बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा राखिएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ३१ हजार ५२९ कित्ता संस्थापक सेयर सर्वसाधारणमा बिक्रीमा राखेको हो ।
संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता बैंककै संस्थापक सेयरधनीलाई दिनुपर्ने व्यवस्था अनुसार बैंकले सूचना जारी गर्दा सेयर बिक्रीमा राखेको थियो । सो अवधिभर सो सेयर बिक्री नभएपछि बैंकले सर्वसाधारणमा बिक्रीमा राखेको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक सर्वसाधारणले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ ।

