
द नेक्स्ट कन्सल्टेन्सीले दियो प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख ५१ हजार सहयाेग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा द नेक्स्ट कन्सल्टेन्सीले १० लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ । काठमाडौंको बानेश्वरमा केन्द्रीय कार्यालय रहेको यो कम्पनीले उक्त रकम सहयोग गरेको हो ।
बुधबार एक्कासी आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । उक्त विपतको समयमा कम्पनीले पनि मानवियता देखाउँदै सहयोग गरेको छ ।


