
रसुवा बाढी : मृत्यु हुनेको संख्या १६५ पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेहरूको संख्या १६५ पुगेको छ । उद्धार टोलीले प्रभावित क्षेत्रका विभिन्न स्थानहरूबाट हालसम्म १६५ जनाको शव बरामद गरेको प्रहरी तथा स्थानीय प्रशासनले जनाएको छ ।
यसैबीच, बाढी र पहिरोमा परी गम्भीर घाइते भएकाहरूलाई उद्धार गरी काठमाडौँका विभिन्न अस्पतालहरूमा ल्याएर उपचार भइरहेको छ ।

