
रसुवागढी भन्सारका २५ कर्मचारी सम्पर्कमा आए, १४ को खोजी जारी

काठमाडौं । रसुवागढी भन्सार कार्यालयमा कार्यरत कर्मचारीमध्ये २५ जना सम्पर्कमा आएका छन् । अर्थ मन्त्रालयका अनुसार भन्सार प्रमुख राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा आएका हुन् ।
रसुवागढी भन्सारमा कुल ३६ स्थायी दरबन्दी थियो । यस भन्सारमा ४ जना करार र ज्यालादारी कर्मचारी रहेकोमा १ जना सम्पर्कमा आएका छन् । बाँकी ११ स्थायी कर्मचारी र ३ जना करार तथा ज्यालादारी कर्मचारीको खोजी जारी रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

