
अप्रिलियाको नयाँ एसआर १७५ सीसीको स्कुटरको मूल्य ४ लाख ५६ हजार, नाडामा किन्नेलाई छुट

काठमाडौं । अप्रिलियाको नयाँ एसआर १७५ सीसीको स्कुटर नेपालमा सार्वजनिक भएको छ। नेपालका लागि अप्रिलियाको आधिकारिक वितरक डेल्टा अटोकर्पले मंगलबार सुरू भएको नाडा अटो शोमा एसआर १७५ स्कुटर सार्वजनिक गरेको हो।
कम्पनीले यो स्कुटरको मूल्य ४ लाख ५६ हजार ५०० रुपैयाँ तोकेर बिक्री सुरू गरेको छ। कम्पनीले नाडा अटो शोमा खरिद गर्ने ग्राहकलाई २८ हजार रुपैयाँ बराबर छुट दिने जनाएको छ। एसआर १७५ लाई अप्रिलिया इण्डियाले एसआर १६० को रिप्लेसका रूपमा भारतीय बजारमा उपलब्ध गराएको थियो। सोही मोडल नेपालमा ल्याइएको हो।
नयाँ एसआरमा प्रयोग गरिएको चेसिस फ्रेम र अन्य केही कम्पोनेन्ट एसआर १६० कै पाउन सकिन्छ। यसको डिजाइनमा पनि कुनै परिवर्तन गरिएको छैन। अप्रिलिया रेसिङ ग्राफिक्स डिजाइनका लागि चर्चित ब्राण्ड हो। एसआर १७५ मा आकर्षक भाइब दिने नयाँ डेकल्स, एग्रेसिभ रेसिङ स्पोर्ट कलर लाइन, नयाँ कलर अप्सन, टेक्निकल पार्टस् र ककपिट लेभल नयाँ पाउन सकिन्छ।
स्कुटरमा १७४.७ सीसीको सिंगल सिलिण्डर, बीएस ६ इन्जिन छ । यो इन्जिनले अधिकतम ७ हजार २०० आरपीएममा १३.८ ब्रेकहर्स पावर र ६००० आरपीएममा १४.१४ एनएम पिक टर्क जेनेरेट गर्छ। कम्पनीले एसआर १७५ स्कुटरमा आफ्नो अप्रिलिया रेसिङ डीएनए डिजाइनलाई यथावत राख्दै ५.५ इन्चको नयाँ कलरफुल टीएफटी डिस्प्ले राखेको छ।
स्कुटरमा सीभीटी सिस्टम, अप्रिलिया एप सहितको ब्लुटुथ कनेक्टिभिटी सिस्टम, पूरा एलईडी लाइट सेटअप, १४ इन्चको अलोय ह्वील, ट्युबलेस टायर, डिस्कब्रेक, सिंगल च्यानल एबीएस तथा अगाडि टेलिस्कोपिक फोर्क र रियरमा मोनोसक सेटअप पाउन सकिन्छ।

