
सानिमा ग्रोथ फण्डले गर्यो लाभांश घोषणा

काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा ग्रोथ फण्डको लाभांश घोषणा भएको छ । सानिमा बैंक लिमिटेड कोष प्रवद्र्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको फण्डको लाभांश घोषणा भएको हो ।
सानिमा ग्रोथ फण्ड योजनाको गत आर्थिक वर्षका लागि योजना व्यवस्थापकको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले सो योजनाको इकाईधनीहरूलाई कर सहित ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । सानिमा ग्रोथ फण्ड बन्दमुखी किसिमको योजना हो । यस योजनाको कुल आकार ६७ करोड २५ लाख ३२ हजार ६०० रुपैयाँको रहको छ । गत असार मसान्तसम्म खुद सम्पत्तिको मूल्य १०.५४ रुपैयाँ रहेको छ । लाभांश वितरणका लागि भदौ १८ गते एक दिनका लागि दर्ता किताब बन्द गर्ने निर्णय पनि भएको छ ।


