
सुनको मूल्य बढ्यो, चाँदीको घट्दा कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । आज सुनको मूल्य २ हजार ८०० रुपैयाँले बढेको छ भने चाँदी १० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख १९ हजार ५०० रुपैयाँ पुगेको छ । गत शुक्रबार सुनको मूल्य तोलाको ३ लाख १६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलाको १० रुपैयाँले घटेर ४ हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी तोलाको ४ हजार ९८५ रुपैयाँ रहेको थियो ।

