
विपद् प्रभावित परिवारलाई सलिको इन्स्योरेन्सद्वार राहत सामग्री हस्तान्तरण

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) इन्स्योरेन्सले जाजरकोटका विपद् प्रभावित परिवारलाई राहत सामग्री सहयोग हस्तान्तरण गरेको छ । कम्पनीले भदौ ३ गते जाजरकोटको भेरी नगरपालिका वडा नम्बर १,२ र ३ मा साउन ३० गतेको बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई राहत प्रदान गरेको हो ।
उक्त प्राकृतिक विपद्का कारण ४ जनाको ज्यान गएको थियो भने धेरै घरपरिवार प्रभावित भएका छन् । पीडित तथा प्रभावित परिवारलाई केही हदसम्म राहत र सहजता प्रदान गर्ने उद्देश्यले इन्स्योरेन्स कम्पनी जाजरकोट शाखाको पहलमा कम्पनीको प्रधान कार्यालयको स्वीकृतमा राहत सामग्री जिल्ला विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो ।
कम्पनीले १ हजार ५०० किलोग्राम चामल, ३०० किलो दाल र १५० लिटर खाने तेल हस्तान्तरण गरेको जनाएको छ । कम्पनीले विपद्को कठिन परिस्थितिमा पीडित परिवारलाई थोरै भए पनि राहत तथा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको जनाएको छ ।

