
सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा, नगत र बोनस कति ?

काठमाडौं । साग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको होे ।
बैंकले हाल कायम चुक्ता पूँजीको साढे १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमध्ये ४ प्रतिशत बोनस सेयर रहेको छ भने ६.५२६३ प्रतिशत नगद लाभांश (कर सहित) रहेको छ ।
भदौ १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।

