
हाथवे इन्भेष्टमेन्टको २ करोड बढी कित्ता सेयरको लकइन अवधि सकिंदै

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको २ करोड ५ लाख ३३ हजार ५०० कित्ता सेयरको लकइन अवधि असोज २ गतेबाट समाप्त हुने भएको छ । असोज २ गते कम्पनीको संस्थापकतर्फको २ करोड ४ लाख ७५ हजार कित्ता र कर्मचारीहरूलाई सुरक्षित गरीएको ५८ हजार ५०० कित्ता सेयरको लकइन अवधि सकिन लागेको हो ।
यी सेयरहरू विगत करिब तीन वर्षदेखि लकइनमा रहेका छन् ।

