
सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको ३ हजार ६०० रुपैयाँ र चाँदी ५० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख ५ हजार २०० रुपैयाँ पुगेको छ । अघिल्लो शुक्रबार सुनको मूल्य तोलाको ३ लाख १ हजार ६०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलाको ५० रुपैयाँले बढेर ४ हजार ७१० रुपैयाँ पुगेको छ । अघिल्लो शुक्रबार चाँदीको मूल्य ४ हजार ६६० रुपैयाँ रहेको थियो ।

