
मुस्ताङमा भन्सार जाँचबिनै भित्रिएका ८ कन्टेनर प्रहरी नियन्त्रणमा

काठमाडौं । मुस्ताङको जोमसोममा भन्सार जाँचपासबिनै भित्रिएका ८ कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको छ । मुस्ताङ घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित पर्यटक चेकपोस्टबाट शनिबार चालकसहित ती कन्टेनर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
अवैध वस्तु ओसारपसार भइरहेको गोप्य सूचना पाएपछि शनिबार दिउँसो १२ बजे जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले जोमसोम पर्यटक चेकपोस्टमा जाँच थालेको बताइएको छ । त्यसक्रममा विभिन्न कन्टेनरका कागजपत्र जाँच तथा चालकहरूसँग सोधपुछ गरिएको प्रहरीले जनाएको छ ।
जाँचका क्रममा ती ८ कन्टेनर भन्सार यार्डमा चेकजाँच नगरी सिधै सिल लगाएर ल्याइएको पाइएको प्रहरीले भनेको छ ।
‘प्रारम्भिक अनुसन्धानका क्रममा ती कन्टेनरभित्र अवैध वस्तु हुनसक्ने शंका देखिएपछि कन्टेनर तथा चालकहरूलाई नियन्त्रणमा लिएको हो,’ प्रहरीद्वारा जारी प्रेस नोटमा भनिएको छ ।
नियन्त्रणमा लिइएका आठ वटै कन्टेनर र चालकलाई थप अनुसन्धान र कारबाहप्का लागि राजस्व अनुसन्धान कार्यालय हरिहरभवन पठाइएको प्रहरीले जनाएको छ ।
समातिएका कन्टेनर र चालक
१. ना ६ ख ४७४१ नम्बरको कन्टेनर र चालक धार्के गाउँपालिका–२, धादिङका ३० वर्षीय ईश्वर थापा ।
२. को १ ख ५६९६ नम्बरको कन्टेनर र चालक शैलुङ गाउँपालिका–३ दोलखाका ४३ वर्षीय रत्नबहादुर तामाङ ।
३. बाप्र ०१००६ ख २२४८ नम्बरको कन्टेनर र चालक भीमेश्वर नगरपालिका–८, दोलखाका २९ वर्षीय उद्धव बस्नेत ।
४. बाप्र ०१००६ ख ६२७३ नम्बरको कन्टेनर र चालक तानसेन नगरपालिका–८, पाल्पाका ३६ वर्षीय धर्मबहादुर नेपाली ।
५. ना३ ख ७१६० नम्बरको कन्टेनर र चालक भोटेकोशी गाउँपालिका–२ सिन्धुपाल्चोकका ३५ वर्षीय कर्म शेर्पा ।
६. ना ६ ख २०२२ नम्बरको कन्टेनर र चालक जुगल गाउँपालिका–५ सिन्धुपाल्चोकका ३३ वर्षीय निरोज नेपाली ।
७. बाप्र ०१००६ ख ६६११ नम्बरको कन्टेनर र चालक पाँचखाल नगरपालिका–८, काभ्रेका २३ वर्षीय विशाल तामाङ ।
८. बाप्र ०१–००५ ख २२४५ नम्बरको कन्टेनर र चालक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाका ३६ वर्षीय गोपाल श्रेष्ठ ।

