
सुनको मूल्यमा उच्च गिरावट, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको ४ हजार ६०० रुपैयाँ र चाँदी ९० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ लाख १ हजार ६०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य ३ लाख ६ हजार २०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य ९० रुपैयाँले घटेर तोलाको ४ हजार ६६० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ७५० रुपैयाँ रहेको थियो ।

