
भक्तपुरको सुकुमबासी होल्डिङ सेन्टरमा एक पुरुष मृत भेटिए

भक्तपुर । सुकुमबासी राखिएको होल्डिङ सेन्टरमा एक जना मृत भेटिएका छन् । बाराका ५७ वर्षीय हीरालाल पासवान मृत फेला परेका छन् ।
भक्तपुर प्रहरीका अनुसार उनी दुई महिनादेखि उक्त होल्डिङ सेन्टरमा बस्दै आएका थिए । मृत फेला पर्नुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ । उनी भक्तपुर, बोडेस्थित होल्डिङ सेन्टरमा बस्दै आएका थिए ।

