

प्रधानमन्त्री ओलीले उद्घाटन गरे कर्मक्युर होटेल,लगानी ३ अर्ब




काठमाडौं । पछिल्लो समय एकपछि अर्को गर्दै नेपालमा विभिन्न ठूला होटेलहरु खुल्ने क्रम जारी नै रहेको छ । सोही क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मरक्युर होटेलको शुभारम्भ गरेका छन् । उनले राजधानीस्थित सुकेधारामा रहेको अन्तर्राष्ट्रियस्तर ब्राण्डको कर्मक्युर होटलको उद्घाटन गरेका हुन् । सो होटेल अक्योर कम्पनीको मातहतमा नेपालमा पहिलो पटक संचालित होटेल हो भन्ने बुझिएको छ।
यता कार्यक्रमको सुरुवात गर्दै प्रधानमन्त्री ओलीले फ्रान्सेली पर्यटन नेपाल भ्रमण गराउन सो होटेलले मद्धत गर्ने बताए । त्यस्तै होटल व्यावसायमा सहजिकरण गर्ने अर्को महत्वपूर्ण हिस्सा थपिएको र आगमी दिनमा पर्यटन प्रवद्र्धनमा समेत मद्धत पुग्ने उनको भनाई छ ।
पर्यटकीय गन्तव्य वरपर भएकै कारण यस्ता होटेलहरुको स्थापनाले अन्य विदेशीलाई समेत आरामदायी र स्मरण योग्य नेपाल बसाईमा सघाउँ पुन्नेमा कार्यक्रममा जोड दिइएको थियो ।