
स्टक-ब्रोकर एसोसिएसनको अध्यक्ष बन्न कृष्ण गिरीको उम्मेदवारी : सन सेक्यूरीटीजद्धारा शुभभाव व्यक्त

काठमाडौं । केही दिन भित्रै सम्पन्न हुने गरी नजिकीरहेको स्टक ब्रोकर एसोसिएसनको निर्वाचनमा कुष्ण गिरीले आफ्नो उमेद्धारी घोषणा गरेका छन् । यूवा अवस्थाबाटै सेयरमा रुची राख्ने गिरी नेपाली सेयर बजारमा आफ्नो छुट्टै छवि स्थापित गर्न सफल व्यक्तीत्व हुन् ।
हाल राजधानीस्थित नक्सालमा अवस्थित सन सेक्युरिटिज (ब्रोकर नं ६४ का) कार्यकारी अध्यक्ष एवं प्रतिष्ठित सेयर बजार विज्ञका रुपमा रहेका उनै गिरीले अब स्टक ब्रोकर एसोशियसनको समेत नेत्तृत्व गर्ने अग्रसरता देखाएका छन्। यता, वर्तमान अध्यक्ष सागर ढकालको २ वर्षे कार्यकाल समाप्त हुने संघारमा पुगेको बेलामा सोही एसोसिएसन भित्र नयाँ नेतृत्वको बारेमा चर्चा परि चर्चा ह्वात्तै बढेको छ।
सरल र सहज व्यक्तीगत छवि बनाएका उनै गिरी निकै साधारण जीवनशैली रुचाउँने उनलाई नजिकबाट नियाल्नेहरु सुनाउँछन् । छोटो समयमा नै नेपाली सेयर बजारमा एकपछि अर्को सफलता हाँसिल गरेका उनै गिरी नेपालको पूँजी बजारमा थप प्रविधिमैत्री, पारदर्शी र आधुनिकता अपरिहार्य रहेकोमा जोड दिन्छन् । पूँजी बजारलाई नजिकबाट बुझ्ने र माया गर्ने आम यूवाहरुमाझ गिरीले आगामी दिनमा एक “जेन्जी“ उम्मेदवारको रूपमा सर्वसम्मत एवम् अब्बल कार्य प्रस्तुती दिन सक्ने आँकलन गरिएको छ ।
आफै सेक्यूरिटीजमा आवद्ध भई नीति–निर्माण तहमा गहिरो अनुभव हाँसिल गरेका गिरी आफ्ना निकटवर्ती एवम् ग्राहक, सरोकारवालाहरूसँग सधैं चर्चा र ढुकढुकीमा बस्न सफल भएका छन् । अहिले बजार सुधारका एजेन्डाहरू माथि अन्तक्र्रिया र छलफललाई उनले तीव्रता समेत दिएका छन्। नेपाल स्टक एक्सचेञ्ज र धितोपत्र बोर्डसँग समन्वय गरी ब्रोकरहरूको व्यवसायिक हकहित र आम लगानीकर्ताको सुरक्षालाई सुनिश्चित गर्नु उनको मुख्य लक्ष्य रहने बताइएको छ। बजारको आधुनिक रूपान्तरण र समस्त लगानीकर्ताको हितका लागि समर्पित यूवा गिरीको यस पटकको चुनावी यात्रामा नक्सालमा अवस्थित सन सेक्युरिटिज परिवारले शुभ भाव व्यक्त गरेको हो ।
नेपालको पूँजी बजारमा आफ्नो सकारात्मक सोच, विगतका अनुभव र विभिन्न भोगाईहरु यस क्षेत्रको गरिमालाई उच्च बनाउँन कोशेढुंगा साबित हुनेमा उनै गिरीले समेत आफ्नो अडान व्यक्त गरि रहेको अवस्था छ ।

