
१२.४३ प्रतिशतले बढ्यो जीवन बीमा कम्पनीहरूको व्यवसाय, कुन कम्पनीको व्यापार कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुको व्यवसाय करिब साढे १२ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा जीवन बीमा कम्पनीको व्यवसाय १२.४३ प्रतिशतले बढेको हो ।
सञ्चालमा रहेका ठूला जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा २ खर्ब १ करोड ९१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । १४ वटा जीवन बीमा कम्पनीहरुले १ करोड १८ लाख ५० हजार ३९१ बीमालेख मार्फत उक्त रकमको बीमा शुल्क संकलन गरेका हुन् । अघिल्लो आर्थिक वर्षको अन्तिमसम्मा जीवन बीमा कम्पनीहरुको व्यवसाय १ खर्ब ७७ अर्ब ९० कराड रुपैयाँको व्यवसाय गरेका थिए ।
गत आर्थिक वर्षमा एउटा जीवन बीमा कम्पनीको व्यवसाय घटेको छ भने १३ वटाको व्यवसाय बढेको छ । प्राधिकरणको तथ्यांक अनुसार गत आर्थिक वर्षमा सबै भन्दा धेरै व्यवसाय गर्न सफल कम्पनी नेपाल लाइफ इन्स्योरेन्स हो । यो कम्पनीले गत आवमा ५३ अर्ब ६८ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । त्यस्तै गत आर्थिक वर्षको अन्तिमसम्ममा नेशनल लाइफले २४ अर्ब ६८ करोड ५७ लाख रुपैयाँको व्यवसाय गरेको छ । त्यस्तै यो अवधिमा एलआईसी नेपालले २१ अर्ब २३ करोड ३९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
गत आर्थिक वर्षको अन्तिमसम्ममा हिमालयन लाइफले १८ अर्ब ५६ करोड ५ लाख रुपैयाँ, सूर्यज्योति लाइफले १२ अर्ब ९० करोड ६७ लाख रुपैयाँ, एशियन लाइफले १० अर्ब ४३ करोड ६५ लाख रुपैयाँ र सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ६४ करोड ५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
त्यस्तै सिटिजन लाइफले ९ अर्ब १६ करोड ८९ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ७ अर्ब ९९ करोड ४२ लाख रुपैयाँ, आइएमई लाइफले ७ अर्ब ४५ करोड ४१ लाख रुपैयाँ, मेटलाइफले ६ अर्ब ८६ करोड ३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै रिलायबल नेपाल लाइफले ६ अर्ब ४२ करोड ८ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ६ अर्ब ३३ करोड ६९ लाख र सन नेपाल लाइफ इन्स्यारेन्सले ४ अर्ब ६३ करोड १० लाख रुपैयाँको व्यवसाय गरेका छन् ।


