
सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलाको १ हजार ८०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुनको मूल्य तोलामा २ लाख ८५ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ४५ रुपैयाँले घटेर तोलाको ४ हजार ३१५ रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी तोलाको ४ हजार ३६० रुपैयाँ रहेको थियो ।

