
जीवन विकास लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ । यो कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार प्रभु क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरिएको हो ।
कम्पनीको धितोपत्र सम्बन्धी अभिलेख राख्ने, सेयर अभौतिकरण गर्ने, प्रमाणपभत्र वितरण गर्ने, नामसारी लगायत सेयरधनीहरुको सेयर लगत अद्यावधिक गरी राख्ने काम प्रभु क्यापिटल लिमिटेडले गर्ने छ ।

