
नबिल बैंकका सीईओ ज्ञवालीले निर्मल पूर्जा लगायतका आरोहीलाई अर्पण गरे भावपूर्ण श्रदान्जली

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले पाकिस्तानको ब्रोड पिकमा ज्यान गुमाएका आरोहीहरुलाई श्रदान्जली अर्पण गरेका छन् । उनले विश्व प्रसिद्ध आरोही निर्मल पूर्जा निम्स दाई लगायतलाई श्रदा-भाव अर्पण गरेका हुन् ।
१० सदस्य टोलीको नेताको रुपमा हिमाल आरोहण गर्दा पूर्जाले हिम-पहिरोमा परि ज्यान गुमाउन पुगेका छन् । अहिले सोही घट्नाले पर्वतारोहणसँग नजिक रहनेदेखी अन्यलाई समेत स्तब्ध पारेको अवस्था छ ।
यस्तो अवस्थामा प्रधानमन्त्री बालेन शाह लगायत विभिन्न उच्च व्यक्तीहरुले श्रद्धा भाव प्रकट गरि रहेका छन् । यही क्रममा बैंक वित्तीय क्षेत्रमा आफ्नो छुट्टै छवि स्थापित गर्न सफल बैंकर, मोटिभेटर एवम् नबिल बैंकका सीईओ ज्ञवालीले समेत सामाजिक संजालमा केही शब्द कोरेका छन् ।
यस्तो छ नबिल बैंकका सीईओ ज्ञवालीको सामाजिक संजालमा :
हामीले आज फेरि आफ्ना केही साहसी पर्वतारोहीहरु गुमाएका छौ। निम्सदाइ (निर्मल पुर्जा) लगायत जीवन गुमाउनु भएका सम्पूर्ण पर्वतारोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु।

