नेप्सेमा करिब ४ अर्बको कारोबार
काठमाडौं । आईतबार नेप्से परिसूचक घटेको छ। सेयर बजारमा कारोबार पूर्ण रुपमा सम्पन्न हुँदा नेप्से परिसूचकमा २५ दशमलव ४१ अंकको गिरावट देखिएको हो।
साताको पहिलो दिन परिसूचक २६०९ .६७ बिन्दुमा पुगेको छ। शुक्रबारको भन्दा सो कारोबार दिनभन्दा ०.९६ प्रतिशतले कम हो भने आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये जम्मा ४३ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । १ सय ९४ कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ। साथै, ६ कम्पनीको सेयर मूल्य भने स्थिर अवस्थामा देखिन्छ ।
यता आज ‘क’ वर्गका कम्पनीको मापस सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ५५ अंकले घटेर ४४३ दशमलव ९९ विन्दुमा पुग्दा, १३ उप समूहमध्ये सबैको सेयर मूल्यमा गिरावट आएको छ ।
करिब ४ अर्ब रुपैयाँ बराबरको कारोबार भएको दिन १ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको र १ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्न पुगेकने नेप्से परिसूचकमा देखिन्छ ।