
प्रभु बैंकको करिब ४२ हजार कित्ता सेयर लिलाम बिक्रीमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले ४१ हजार ९०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले ३ जना संस्थापक सेयरधनीहरूको नाममा रहेको सेयर बिक्रीमा राखेको हो ।
बैंकले यसअघि नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम उक्त सेयर बैंककै विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी ३५ दिनका लागि बिक्रीमा राखेको थियो । तर उक्त अवधिसम्म कुनै संस्थापक सेयरधनीबाट आवेदन नपरेपछि अब भने सर्वसाधारणका लागि बिक्रीमा राखेको हो ।
उक्त सेयर किन्न चाहने सर्वसाधारणले नेपाल राष्ट्र बैंकले तोके बमोजिमको मापदण्ड पूरा हुने आवश्यक कागजात सहित आगामी १५ दिनभित्र काठमाडौंको बबरमहलस्थित केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

