
सुपर खुदी हाइड्रोपावरको साढे ७७ हजार कित्ता सेयरको लकइन अवधि सकिंदै

काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडको सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको साधारण सेयर (आईपीओ) को लकइन अवधि भदौमा सकिंदैछ ।
यस हाइड्रोपावरले आईपीओ निष्काशन गर्दा सामूहिक लगानी कोषहरूका लागि ५ प्रतिशत अर्थात् प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७७ हजार ५०० कित्ता आईपीओ बाँडफाँड गरेको थियो ।
सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको मितिले सामूहिक लगानी कोषतर्फको सेयर ६ महीनासम्म लकइनमा राख्नु पर्ने प्रावधान बमोजिम गत फागुन १७ गतेदेखि उक्त सेयर लकइनमा रहेको छ । आउँदो भदौ १६ गते ६ महीना पूरा हुने भएकाले लकइन अवधि सकिने भएको हो । लकइन अवधि सकिएपछि सो सेयर कारोबार गर्न सकिनेछ ।

