
सेयर बजारमा १ प्रतिशत बढीको गिरावट, कारोबार ६ अर्ब माथि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३.२८ अकंले घटेर २७०१.३२ बिन्दुमा बन्द भएको छ । आज ३५९ कम्पनीको १ करोड ३९ लाख १३ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ८ करोडको कारोबार भएको हो ।
आज २ उपसूचकमा मात्रै सुधार देखिएको छ । आज वाणिज्य बैंक समूह र म्युचुअल फण्ड समूहको सेयर मूल्यमा सामान्य सुधार देखिएको हो । अन्य ११ उपसूचक राताम्य भएका छन् । सोमबार ३६ कम्पनीको सेयर मूल्य बढेको छ भने २३४ कम्पनीको घटेको छ । यसदिन ५ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो ।
आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३३ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ .९९ प्रतिशतका दरले कमाएका छन् । गरिआज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १३.३८ प्रतिशतका दरले गुमाएका छन् ।

