
४५ लाख बढि कित्ता जगेडा सेयर बेच्दै मोल्निया पावर

काठमाडौं । मोल्निया पावरले झण्डै साढे ४५ लाख कित्ता जगेडा सेयर बेच्ने भएको छ । कम्पनीले यही साउन १८ गतेबाट संस्थापक सेयरधनीहरुलाई ४५ लाख ४८ हजार कित्ता सेयर बिक्री सुरु गर्न लागेको हो ।
यसका लागि सेयरधनीहरुले यही साउन १५ गतेभित्र सञ्चालक समितिमा आवश्यक कागजात बुझाउनु पर्नेछ । त्यसपछि सञ्चालक समितिको स्वीकृतिपछि मात्र सेयरधनीहरुले सेयर खरिद गर्न पाउनेछन् । कम्पनीले बिक्री गर्न लागेको सेयर हाल कायम सेयरधनीहरुसँग रहेको १ कित्ता थप नयाँ ४ कित्ता सेयर बराबर हुन आउँछ । सेयरधनीहरुले आउँदो भदौ १६ गतेसम्म सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

