
आजदेखि सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग

काठमाडौं । आज अर्थात साउन ११ गते सोमबारदेखि नागढुंगा सुरुङमार्ग आयोजना औपचारिक रुपमा सञ्चालनमा आउँदैछ । सुरुङमार्गको सम्पूर्ण कार्य सम्पन्न भइ आजदेखि औपचारिक रुपमा उद्घाटन हुनेछ ।
भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल जापान सहयोग नियोग(जाइका)का प्रमुखलगायतकाे सहभागितामा सोमबार ११ बजेट उद्घाटन हुनेछ । काठमाडौंको टोटेपाखादेखि धादिङतर्फको सिस्नेखोलासम्म पुग्ने यो टनेल काठमाडौं आउन र जान प्रयोग गरिनेछ ।
२६८० मिटर लम्बाइको यो सुरुङमार्ग वि.सं २०७६ कात्तिक ४ मा तत्काली प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक उद्घाटन गरेका थिए ।साढे तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको यो सुरुङमार्गको निर्माण जापनीज हाज्मा आन्दो जेभीमार्फत भइरहेको थियो । विभिन्न कारण देखाउँदै जापनीज ठेकेदारले चार पटकसम्म म्याद थप गरेर आयोजना निर्माण सम्पन्न गरेको हो ।

