लघुबीमा कम्पनीहरुमा आईपीओको लहर:नेपाल माइक्रो इन्स्योरेन्सले पायो बोर्डबाट ग्रिन सिग्नल
काठमाडौं । लामो समयसम्म नेपाल धितोपत्र बोर्ड अध्यक्ष बिहीन अवस्थामा गुज्रियो । त्यस्तो अवस्थामा विभिन्न कम्पनीका अनेकौ काम रोक्किदा प्रथमिक साधारण सेयर (आईपीओ) निष्काशन गर्न तयारी गरेका कम्पनीहरु पनि अनाहकमा ठूलै चपेटामा परे ।
अहिले भने आईपीओको बाढी आउँने क्रम सुरु भएको छ । नेपाली बीमा क्षेत्रका कान्छा कम्पनीका रुपमा स्थापित लघुबीमा कम्पनीहरुले समेत धमाधम आईपीओको बाटो खुला गर्ने तथा साधारण सेयर जारी गर्ने काम ह्वात्तै बढेको छ ।
सोही आईपीओको लहर चलेको बेलामा लघु निर्जीवन बीमा कम्पनी नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले पनि आईपीओ निष्कासन अनुमति पाएको जनाएको छ । केही दिन अघि लघु जीवन बीमा कम्पनी गार्डीयन माइक्रो लाइफले आईपीओ निकाष्काशन गरेसँगै उसले माग भन्दा बढी आवेदन परेको जनाएको थियो । यता नेपाल माइक्रो इन्स्योरेन्सको आईपिओमा आकर्षण कस्तो रहने हो भन्ने बहस नेपाली बीमा क्षेत्रमा चल्न थालेको छ ।
हाल नेपाल धितोपत्र बोर्डले नेपाल माइक्रोलाई आईपीओ निष्कासनको लागि अनुमति दिएको हो भने कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको अंकित मूल्य १०० रुपैयाँका दरले कूल २२ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशनमा ल्याउँने जानकारी दिएको छ।
यता कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड तोकिएको छ ।