
सिटिजन्स बैंकका सीईओ पोखरेलले २० वर्षको सेवा पुरा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (CEO) गणेश राज पोखरेलले बैंकमा २० वर्षको गौरवपूर्ण सेवा सफलतापूर्वक सम्पन्न गरेका छन् । साे अबसरमा बैंकका अध्यक्षले उनलाई सम्मान गरेका छन् ।
उनको दूरदर्शी नेतृत्व, समर्पण र अतुलनीय योगदानले बैंकको सफल यात्रा र संस्थागत विकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै बैंकका अध्यक्ष प्रबल जंग पाण्डेले उनलाई सम्मान गरेका छन् ।

