
सुनचाँदीको मूल्यमा भारी वृद्धि, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । आज सुन तोलाको ५ हजार ४०० रुपैयाँ र चाँदी ११० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य ११० रुपैयाँले बढेर तोलाको ४ हजार ४८० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलामा ४ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो ।

