
हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोगः अङ्गेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय सम्वाद आयोजना

काठमाडौं । ब्रिटिस काउन्सिलको आयोजनामा हुन लागेको अनलाइन सम्मेलनमा सिर्जनशीलता, समावेशिता र प्रविधिमार्फत विद्यार्थीहरुलाई बदलिदो विश्व परिवेशमा कसरी सक्षम बनाउन सकिन्छ भन्ने बिषयमा सम्वादका लागि दक्षिण एसियाका विभिन्न देशमा शिक्षाको क्षेत्र काम गरिरहेका अग्रणी व्यक्तित्वहरुलाई एकै मञ्चमा सहभागी गराइदैछ । सम्मेलनमा निशुल्क रुपमा सहभागी हुने व्यवस्था गरिएको छ ।
ब्रिटिस काउन्सिलले “साउथ एसिया टिचिङ इङलिस अनलाइन कन्फ्रेन्स २०२६” आयोजना गर्ने भएको छ । तीन दिनसम्म सञ्चालन हुने यस अनलाइन सम्मेलनमा दक्षिण एसियाका शिक्षक, अनुसन्धानकर्ता तथा शिक्षा क्षेत्रका विज्ञहरुको सहभागितामा विश्व परिवेशमा विद्यार्थीलाई सफलतापूर्वक अघि बढ्न उनीहरुलाई चाहिने सिर्जनशीलता, त्यसका लागि आवश्यक क्षमता तथा प्रभावकारी सञ्चार सीपलाई विद्यालयहरुले कसरी विकास गर्न सक्छन् भन्ने अहिलेको एक अहम् सवालमा बहस गर्न लागिएको हो ।
सम्मेलन २३–२५ जुलाई २०२६ मा हुँदैछ । दक्षिण एसियाका शैक्षिक प्रणालीले पाठ्यक्रमका अपेक्षा, प्रभावकारी मूल्याङ्कनको महत्व तथा विद्यार्थीको बदलिँदो आवश्यकताबीच सन्तुलन कायम गर्नुपर्ने चुनौतीको पृष्ठभूमिमा सम्मेलन गर्न लागिएको हो । अझै पनि शैक्षिक र प्राज्ञिक तथा व्यवसायिक अवसरमा अङ्गेजी भाषा पहुँचको महत्वपूर्ण माध्यम भएपनि शिक्षा क्षेत्रमा क्रियाशील व्यक्ति र संस्थाहरु भाषाको सिकाइमा मात्र सीमित नभई आलोचनात्मक सोच, आपसी सहकार्य, विद्यार्थीको स्वःक्षमता (एजेन्सी) र सहभागिता तथा सिकाइप्रतिको स्वामित्व विकास गर्ने शैक्षिक पद्धतिलाई अपनाउनेतर्फ अग्रसर छन् ।
यस्तो पृष्ठभूमिमा सम्मेलनले बंगलादेश, भारत, नेपाल, पाकिस्तान र श्रीलंकाका विज्ञहरुलाई एकै थलोमा भेला गरेर सिर्जनशीलतालाई प्रभावकारी सिकाइको एक मुख्य आधारका रुपमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा अन्तक्र्रिया गराउन लागेको हो । विविध भाषिक पृष्ठभूमिका विद्यार्थी अध्ययनरत कक्षाकोठालाई थप समावेशी कसरी बनाउन सकिन्छ, नवप्रवर्तनमुखी शिक्षण पद्धतिमार्फत उनीहरुको आवाजलाई कसरी सशक्त बनाउन सकिन्छ तथा कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता नवीनतम प्रविधिलाई मानव केन्द्रित शिक्षण विधिको विकल्प भन्दा पूरकका रुपमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषय लगायत सवालमा केन्द्रित रहेर सम्वाद हुनेछ ।
सम्मेलनका क्रममा मुख्य प्रस्तुति, प्रचलित अभ्यासमा आधारित छलफल तथा कक्षाकोठाका अनुभवसहितको सन्दर्भ सामाग्री र असल अभ्यासमार्फत सहभागीहरुले दक्षिण एसियाको साझा चुनौतीलाई आफ्नो स्थानीय सन्दर्भ अनुसार शिक्षा क्षेत्रका सरोकारवालाले कसरी समाधान गरिरहेका छन् भन्ने जस्ता बिषयबारे विस्तृत रुपमा बुझ्न पाउनेछन् । सम्मेलनले कक्षाकोठामा सिकाइलाई थप प्रभावकारी बनाउन आवश्यक शैक्षिक वातावरण निर्माण गर्ने तथा विद्यार्थीको अर्थपूर्ण सहभागिता र विविधतायुक्त पृष्ठभूमिका विद्यार्थीका लागि सिकाइका अवसर विस्तार गर्ने व्यवहारिक उपायबारे शिक्षकहरुलाई सहयोग गर्ने अवसर प्रदान गर्नेछ ।
सम्मेलन आयोजनाको सन्दर्भमा ब्रिटिस काउन्सिल नेपालका कन्ट्री डाइरेक्टर रुस्तम मोदीले भन्नुभयोः “अहिले विश्व परिवेशमा विद्यार्थीले सफलता पाउनका लागि प्रभावकारी सञ्चार, सहकार्य र आलोचनात्मक सोचजस्ता सीप विकास गर्नु आवश्यक हुन्छ, त्यसका लागि सिर्जनशीलताको महत्वपूर्ण भूमिका छ । यस सम्मेलनमार्फत हामीले व्यवहारिक पक्ष, अनुसन्धानमा आधारित दृष्टिकोण तथा कक्षाकोठामा कार्यान्वयन सकिने शैक्षिक अवधारणा र रणनीतिबारे यस क्षेत्रका शिक्षक तथा सरोकारवालालाई अवगत गराउने अवसर प्रदान गर्नेछौं । तसर्थ, व्यवसायिक वृत्ति विकासका लागि सम्मेलन आयोजना गर्न पाउँदा हामी उत्साहित छौँ र दक्षिण एसिया तथा विश्वका अन्य क्षेत्रका शिक्षाविद्लाई स्वागत गर्न आतुर छौँ ।”
सम्मेलनबारे थाहा पाउन र सहभागिताका लागि दर्ता गर्नका लागिः
https://www.teachingenglish.org.uk/news-and-events/webinars/webinars-teachers/south-asia-teachingenglish-online-conference-2026
वक्ताहरुबारे
अञ्जु मोसेस (श्रीलंका)
शैक्षिक र प्राज्ञिक क्षेत्रमा २० वर्षभन्दा बढी अनुभव हासिल गरेकी अञ्जु मोसेस शिक्षिका, लेखिका तथा वक्ता हुनुहुन्छ । अहिले उहाँले ब्रिटिस काउन्सिल श्रीलंकामा अंग्रेजी तथा विद्यालय शिक्षा विभागको नेतृत्व गरिरहनुभएको छ । उहाँले शिक्षकको व्यवसायिक वृत्ति विकास, डिजिटल सिकाइ र संरक्षण (Safeguarding) लगायत क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको छ ।
हुमा हसना रियाज अहमद (भारत)
अमहदले ब्रिटिस काउन्सिलमा १७ बर्ष काम गर्नुका साथै भारत, बेलायत र संयुक्त अरब इमिरेट्समा २० वर्षभन्दा बढी अङ्ग्रेजी भाषा शिक्षिका, प्रशिक्षक तथा अनुसन्धानकर्ताको रुपमा योगदान गर्नुभएको छ ।
मिथिला वीरासिंघे (श्रीलंका)
श्रीलंकास्थित क्षेत्रीय अङ्ग्रेजी सहायता केन्द्र (Regional English Support Centre) मा शिक्षक प्रशिक्षक हुनुुहुन्छ । त्यस्तै, पाठ्यक्रम र डिजिटल सिकाइमा उहाँको विशेषज्ञता छ ।
शोभा भट्टराई (नेपाल)
शोभा भट्टराई माध्यमिक तहकी शिक्षिका र क्वेस्ट नेपालमा शिक्षक प्रशिक्षकको रुपमा कार्यरत हुनुहुन्छ । शिक्षक तालिम, मार्गदर्शन र अनुसन्धानमूलक शिक्षण पद्धतिमा उहाँको अनुभव रहीआएको छ ।
डा. एम.डी. मोस्ताफिजुर रहमान (बगंलादेश)
भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट भाषा मूल्याङ्कन/परीक्षणमा विद्यावारिधि हासिल गर्नुभएका रहमान बंगलादेशको निजामति सेवा (सिभिल सर्भिस) मा अङ्गेजीको प्राध्यापक हुनुहुन्छ ।
डा. अमोल पदवाद (भारत)
डा. पदवादले अङ्ग्रेजी भाषा शिक्षणमा ४० वर्षभन्दा बढीको अनुभवसहित विशेषज्ञ हासिल गर्नुभएको छ । उहाँ शिक्षक, प्रशिक्षक, समुदायका अगुवा तथा परामर्शदाताको रुपमा सक्रिय हुनुहुन्छ । अहिले उहाँ भारतको AINET Association of English Teachers का अध्यक्ष तथा बेलायतस्थित A. S. Hornby Educational Trust sf का ट्रस्टी समेत हुनुहुन्छ ।
रविया शफी (पाकिस्तान)
शफी २० वर्षभन्दा बढी अनुभवसहित अङ्गे्रजी भाषामा परामर्शदाता, शिक्षक प्रशिक्षक तथा शैक्षिक सामग्री विकासकर्ताको रुपमा क्रियाशील हुनुहुन्छ । उहाँले दक्षिण एसिया तथा अन्तर्राष्ट्रिय तहमा शिक्षक, प्रशिक्षक र विद्यालय नेतृत्वकर्तासँग काम गरेको अनुभव हासिल गर्नुभएको छ ।
निसार शेख (भारत)
शेख भारतको महाराष्ट्रको ग्रामीण क्षेत्रमा कार्यरत सरकारी प्राथमिक विद्यालयका शिक्षक हुनुहुन्छ । उहाँले ब्रिटिस काउन्सिलको छात्रवृत्ति प्राप्त गरी युनिभर्सिटी अफ लिड्सबाट TESOL मा स्नातकोत्तर गर्नुभएको छ । अहिले उहाँले अङ्ग्रेजी भाषा शिक्षण र शिक्षक विकास जस्ता कार्यमा योगदान गरिरहनुभएको छ ।
आस्था कुमारी चौधरी (नेपाल)
चौधरीले नेपालको मधेश प्रदेशमा माध्यमिक तहमा अङ्ग्रेजी शिक्षिका र सहायक प्रधानाध्यापकको भूमिका निर्वाह गरिरहनुभएको छ । समावेशी र विद्यार्थी–केन्द्रित शिक्षामा प्रतिबद्ध उहाँ ँगदिचष्नजत त्भ्ब् ब्गिmलब, ब्रिटिस काउन्सिलकी सहजकर्ता तथा शिक्षक प्रशिक्षक हुनुहुन्छ ।
डा. फौजिया शमिम (पाकिस्तान)
शमिम अहिले म्गचदभभल की प्रमुख शैक्षिक अधिकृत (Chief Academic Officer) तथा (Society of Pakistan English Language Teachers (SPELT) की उपाध्यक्ष हुनुहुन्छ । उहाँले युनिभर्सिटी अफ लिड्सबाट TESOL मा विद्यावारिधि गर्नुभएको छ भने शिक्षक शिक्षा, शिक्षामा कृत्रिम बुद्धिमत्ता (एआई) र भाषिक नीतिको क्षेत्रमा उहाँको विज्ञता छ ।
डा. एम.डी. मोहिव उल्लाह (बंगलादेश)
डा. उल्लाह International Islamic University Chittagong मा अङ्ग्रेजीका सहप्राध्यापक तथा BELTA का महासचिव हुनुहुन्छ । Fulbright Scholar / IVLP Alumni समेत रहनुभएका उल्लाहले एआईमा आधारित अङ्ग्रेजी शिक्षा सम्बन्धी पहलका लागि सन् २०२४ को IVLP Impact Award प्राप्त गर्नुभएको छ ।
कृष्ण आर.सी. (नेपाल)
आर. सी माध्यमिक तहका अंग्रेजी शिक्षक हुनुहुन्छ । अनुसन्धान, सिर्जनात्मक शिक्षण पद्धति तथा प्रविधिमैत्री भाषा शिक्षणमा उहाँको विशेषज्ञता छ ।
सुसाई रथिनम (भारत)
रथिनम तमिलनाडुका स्नातक तहका अङ्ग्रेजी शिक्षक हुनुहुन्छ । २० वर्षभन्दा बढीको अनुभवसहित उहाँ अङ्ग्रेजी भाषा शिक्षणको व्यवसायिक विकासमा सक्रिय हुनुहुन्छ ।
इमाल्का कुमारी विक्रमासिंघे (श्रीलंका)
विक्रमासिंघे थाक्सला महा विद्यालयकी अङ्ग्रेजी शिक्षिका हुनुहुन्छ । उहाँ सिर्जनात्मक कार्य र समावेशी अङ्ग्रेजी भाषा शिक्षणका लागि सक्रिय हुनुहुन्छ ।
ब्रिटिस काउन्सिलबारे
ब्रिटिस काउन्सिल संयुक्त अधिराज्य (युके) को साँस्कृतिक सम्वन्ध र शैक्षिक अवसरका क्रियाशील अन्तराष्ट्रिय संस्था हो । ब्रिटिस काउन्सिलले संयुक्त अधिराज्य र अन्य देशका नागरिकबीच सम्वन्ध विस्तार गर्दै, एक–अर्काको बुझाइलाई परिस्कृत गर्दै तथा आपसी विश्वास र भरोसा निर्माण गर्दै शान्ति र समृद्धिका लागि सहयोग गर्दछौं । उक्त कार्य हामीले कला, संस्कृति, शिक्षा र अंग्रेजी भाषासम्बन्धी कार्यक्रममार्फत गरिरहेका छौं । हामी २ सय भन्दा बढी मुलुुक र भूूभागका नागरिकसँग काम गर्छौं र १ सय भन्दा बढी देश कार्यालय नै सञ्चालन गरिरहेका छौं । सन् २०२४–२०२५ मा ब्रिटिस काउन्सिल झन्डै ६०० मिलियन व्यक्तिसमक्ष पुुगेको छ । थप जानकारीका लागिः www.britishcouncil.org

