पाँचखपनमा बीमा प्राधिकरण,स्थानीयको प्रश्न:सहकारी जस्तै पैसा कोल्याप्स त हुँदैन ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणले शंखुवासभाको पाँचखपन नगरपालिकामा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । पालिकाहरुसँगको विशेष अन्तरक्रिया कार्यक्रम अन्तर्गत यो कार्यक्रम सम्पन्न गरिएको हो ।
सो कार्यक्रममा पाँचखपन नगरपालिकाका नगर प्रमुख बिपिन राईले प्रमुख अतिथिको रुपमा उपस्थिती जनाएका थिए । उनले सो कार्यक्रमबाट बीमा सम्बन्धि महत्वपूर्ण जानकारी पाएको भन्दै मानिसको जीवन अमूल्य रहेको र बीमा आवश्यक हुनेमा जोड दिएका थिए । उनले मानिसलाई जुनसुकै बेलामा रोग लाग्न सक्ने भएकाले र उसको निधमा परिवारले राहात पाउँने भएकाले पनि व्यक्तीको जीवनमा बीमा आवश्यक रहेको बताए ।
कार्यक्रममा पूर्ण अशक्तताको बीमा, घातक रोगहरुको बीमाको बारेमा जिज्ञासा प्रस्तुत गरिएको थियो । त्यसरी नै महिलाको स्वास्थयको बीमा कसले गर्छ भन्ने पनि सहभागीहरुले प्रश्न राखेका थिए । विगतमा युनिटी लाइफले पैसा खाएर भागेको भन्दै कतै त्यस्तै अवस्था फेरी आउँने हो कि भन्ने त्रास समेत आम सर्वसाधारणले व्यक्त गरेका थिए ।
त्यसरी नै सहभागीहरुले सहकारीको जस्तै बीमाको पैसा कोल्याप्स त हुँने होइन भन्दै प्रश्न राखेका थिए । यसबाट पनि उनीहरुमा बीमा कम्पनीहरुले आफूले धारण गरेको कुनै पनि जोखिको अरु कम्पनीहरुसँग पुनर्बीमा गरेको हुन्छ भन्ने थाहाँ नपाएको देखिन्छ भन्ने बीमा प्राधिकरण स्रोत बताउँछ ।
साथै, उक्त स्थानमा कृषी बीमा सबैभन्दा बढी आवश्यक रहेकोमा कृषकहरुले जोड दिएका छन् ।
कार्यक्रममा उप-नगरप्रमुख सुमुना श्रेष्ठले जीवन बीमा गर्दा विश्वासिलो एजेन्टको भर पर्नु पर्ने बताइन । उनले बीमा गरेपछि राम्रै प्रतिफल पाइने, रोजगारी श्रृजना हुने तथा जोखिम व्यवस्थापन हुने भन्दै आफ्नो क्षेत्रका भौतिक सम्पत्तीको समेत बीमा गर्ने प्रतिवद्धता जाहेर गरिन् ।
स्थानीयलाई बीमाको बारेमा जानकारी दिनसके उनीहरु नै लाभान्वित हुने पनि कार्यक्रममा जानकारी दिइयो ।
नेपाल बीमा प्राधिकरणका उप-निर्देशक राजेन्द्र महर्जनले कार्यक्रममा उत्साहजनक सहभागीता रहेको र कार्यक्रम सफल भएको बताए । उनले आगामी दिनमा कृषकहरुले बीमामा जोडिदा लाभ लिन सक्ने बताए । महर्जनले बीमा गर्दा जीवन बीमा, निर्जीवन बीमा कुनै पनि बीमा गर्दा धेरै प्रकारको लाभ पाउँने बताए । उनले जीवन बीमादेखि दुर्घटना बीमासम्म कुनै पनि बीमाको बारेमा नागरिकले थाहाँ पाउनु पर्ने बताए ।
कार्यक्रममा उठेका विविध प्रश्नहरुको जवाफ दिँदै उनले बीमा कम्पनीहरुको आ आफ्नै पोलिसी हुने र जुनक कम्पनीको जस्तो पोलिसी भए पनि नागरिकले आफ्नो जोखिमलाई, आफ्नो आय स्तर हेरेर बीमाको दायरामा ल्याउँन सके भोलिको दिनमा राम्रो प्रतिफल पाइने स्पष्ट पारेका छन् ।