रवि लामिछाने लक्षित आदेश : ६५ लाख धरौटीमा छुट्न सक्ने-स्वर्णलक्ष्मी हिनामिनामा फेरी काठमाडौं ल्याइने
काठमाडौं । सर्वत्र चासो एवम् गम्भिरतापूर्वक हेरिएको विषयमा पर्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उप-प्रधानमन्त्री समेत रहेका रवि लामिछानेलाई लक्षित गर्दै अदालतले आदेश दिएको छ । उनलाई जिल्ला अदालत कास्कीले आदेश दिएको हो भने ६५ लाख धरौटी बुझाएर उनी छुट्ने भएका हुन्।
न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा छोड्ने आदेश दिएसँगै लामिछानेलाई लिएर चर्चा बढ्दो छ । तर,उनलाई यता काठमाडौं जिल्ला अदालतमा स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना गरेको आरोप लागेकाले प्रहरीले सिधै काठमाडौंमा उपस्थित गराउँने जनाइएको छ।