
नागरिक अगुवा देवेन्द्रराज पाण्डेको निधन

काठमाडौं । नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको निधन भएको छ । शुक्रबार साँझ ७ बजेर ४० मिनेट जाँदा काठमाडौंको विशालनगरस्थित निवासमा पाण्डेको निधन भएको हो ।
उनलाई हिजो ह्याम्स अस्पतालमा, तथा त्यसपछि पाटन अस्पतालमा लगेर उपचार गरिएको थियो । क्यान्सरले थलिएका उनलाई अन्तिम घडीको आभास भएपछि परिवारले घरै लैजाने निर्णय गरेको थियो । पाण्डेको भोलि शनिबार बिहान ११ बजे पशुपति आर्यघाटमा लगेर संस्कार गरिने बताइएकाे छ ।

