
सनुचाँदीको मूल्यमा भारी गिरावट, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य गिरावट आएको छ । नयाँ आर्थिक वर्षको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य ३ हजार १०० रुपैयाँ र चाँदीको मूल्य १२५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ८२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ८५ हजार २०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य १२५ रुपैयाँले घटेर तोलाको ४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।

