
सेयर बजार लगातार बढ्यो, कारोबार साढे ४ अर्ब माथि

काठमाडौं । साताको सेयर कारोबार हुने चौथो दिन नेप्से परिसूचक बढेर कारोबार भएको छ । अघिल्लो दिन पनि बढेको बजार आज ७.५० अंकले बढेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २५९७.८० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १५१ कम्पनीको सेयर मूल्य घटेको छ भने १२१ कम्पनीको सेयर मूल्य बढेको छ । आज ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि २.९२ अंकले बढेर ४५६.८६ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये ९ वटाको सेयर मूल्य बढेको छ भने ४ वटाको घटेको छ ।
आज सेयर बजारमा साढे ४ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३७१ कम्पनीका ९४ लाख ६९ हजार ९९ कित्ता सेयर ३९ हजार ५९५ पटक खरिद बिक्री हुँदा ४ अर्ब ५६ करोड २९ लाख ५० हजार ७०० रुपैयाँको कारोबार भएको छ ।

