
होटल पार्कल्याण्डको विशेष साधारणसभा साउन २२ गते

काठमाडौं । होटल पार्कल्याण्ड लिमिटेड विशेष साधारणसभा आह्वान गरिएको छ । कम्पनीको असार २८ गते बसेको सञ्चालक समितिको बैठकले साउन २२ गतेका लागि विशेष साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभा साउन २२ गते शुक्रबार दिउँसो साढे ३ बजे चौथो तल्ला युनाइटेड वल्र्ड ट्रेड सेन्टर त्रिपुरेश्वर हुने छ । कम्पनीले सबै सेयरधनीहरुलाई निर्धारित समयमा नै उपस्थित हुन अनुरोध गरेको छ ।
उक्त सभाले कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गर्ने छ । त्यस्तै हाल कायम सेयरधनीहरूलाई कायम सेयर संख्याको आधारमा १ः१ को अनुपादतमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने छ ।
त्यस्तै प्रस्तावित पूँजी वृद्धिका कारण कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गर्ने, उल्लिखित निर्णयहरू कार्यान्वयन गर्न आवश्यक सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समिति तथा व्यवस्थापनलाई अख्तियारी प्रदान गर्ने प्रस्तावहरु पारित गर्ने छ ।

