
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको ८०० रुपैयाँ र चाँदीको मूल्य ५५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ८४ हजार ८०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ८४ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य ५५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य ४ हजार ४१५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ३६० रुपैयाँ रहेको थियो ।

