
गोविन्दबहादुर कार्की मुख्यसचिवमा नियुक्त

काठमाडौं । सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गरेको छ ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
कार्की यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव थिए । उनी प्रधानमन्त्री कार्यालयको सुशासन महाशाखा हेर्थे । सचिवमा बढुवा भएको दुई वर्षमै उनी मुख्यसचिव बन्न सफल भएका हुन् ।
भोजपुरका उनी सचिव बनेपछि वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका थिए । त्यसअघि उनी ल्हासाको महावाणिज्यदूत समेत भइसकेका व्यक्ति हुन् ।

