
सुनचाँदीको मूल्य आज पनि घट्यो, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो दिन पनि घटेको सुनचाँदीको मूल्य आज पनि घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ९०० रुपैयाँ र चाँदीको मूल्य ५५ रुपैयाँले घटेको छ । आज सुनको मूल्य तोलाको २ लाख ८७ हजार १०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ८८ हजार रुपैयाँ रहेको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ५५ रुपैयाँले घटेर तोलाको ४ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ५५५ रुपैयाँमा कारोबार भएको थियो ।

