

संखुवासभाको चिचिला गाउँपालिकामा बीमा प्राधिकरणको बीमा सचेतना कार्यक्रम सम्पन्न




संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका-३ मा नेपाल बीमा प्राधिकरणले बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । त्यस्तै,सरस्वती माध्यमिक विद्यालय मत्स्य पोखरी पार्खीबासमा समेत गरी २ स्थानमा कार्यक्रम सम्पन्न गरिएको बीमा प्राधिकरण स्रोतले जानकारी दिएको हो ।
चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पा, उपाध्यक्ष मनकला राई तथा ५ वटै वडाका वडाध्यक्ष, किसान लगायत, कृषी प्राविधिक, संखुवासभामा रहेका जीवन तथा निर्जीवन बीमा कम्पनीका शाखा प्रमुखहरु लगायत प्रतिनिधिहरुले कार्यक्रममा सहभागीता जनाएका थिए ।
अध्यक्ष शेर्पाले आगामी नीति तथा कार्यक्रममा कृषी बीमा लगायत गाउँपालिकाको वडा सदस्यकहरुको दुर्घटना बीमा गर्ने प्रतिवद्धता जनाएका थिए । उनले सुझावको रुपमा कृषी बीमाको अभिकर्ता लगायत क्षमी मूल्यांकनको माग गर्दै कृषी बीमा सम्बन्धि झन्झट तथा बीमा गर्न भएका असहजताका बारेमा चर्चा गरिएको थियो । बीमा प्राधिकरणको तर्फबाट आ आफ्नो डकुमेन्टको बारेमा पूर्ण रुपमा जानकारी दिन कार्यक्रममा सचेतना गराईयो ।
उपाध्यक्ष राईले बीमा सम्बन्धि सो कार्यक्रम ऐतिहासीक भएको जानकारी दिइन । उनले अनिवार्य बीमा थाहाँ भएको तर अन्य बीमाको बारेमा खासै जानकारी नभएको जानकारी दिएन । अगाामी दिनमा आफू लगायत पालिकालाई बीमामा समावेश गराउँने जानकारी दिएकी थिएन ।
बीमाको महत्व, परिचय लगायतको विषयमा प्रकाश पारियो । कार्यक्रमको प्रस्तुतीकरण प्राधिकरणका सहायक निर्देशक सचिन राईले गरेका हुन् । विद्यालयका प्रध्यानाध्यापक भुमी कुमार राईले भवनको मात्रै बीमा भएको तर विद्यार्थीहरुको बीमा नभएको बताएका थिए । बीमा प्राधिकरणका निकेश लालकर्ण सहायक प्रथमले पनि कार्यक्रममा सहभागीता जनाएका थिए ।
बीमा दर्पण डटकमसँग बीमा प्राधिकरणका उप-निर्देशक राजेन्द्र महर्जनले विद्यालयको भवनसँगसँगै, विद्यार्थीहरुको, शिक्षक लगायत कर्मचारीहरुको समेतलाई दुर्घटना बीमामा समावेह गर्न सुझाव दिएको बताए । उनले विद्यार्थीहरुलाई आफ्नो अभिभावकहरुलाई घरमा बच्चालाई माया गर्दा आर्थिक सुरक्षणको पाटोमा पनि काम गर्नु पर्ने र त्यसका लागि बीमाको अपरिहार्यताको बारेमा प्रकाश पारिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले समेत बीमाको बारेमा उत्सुकता जाहेर गर्दै सहभागीता जनाएका थिए ।